
एजेन्सी । विश्व बैंकले युक्रेनलाई ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ ।
विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरुप करिब ७२ करोड ३० लाख अमेरिकी डलर सहयोगका लागि अनुमोदन गरेसँगै युक्रेनले विश्व बैंकबाट आर्थिक सहयोग पाउने भएको हो ।
हाल युक्रेन रुसको आक्रमणको सामना गरिरहेको छ । बैंकले आगामी महिनाभित्र केही युक्रेनलाई थप तीन अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गर्न निरन्तर काम गरिरहेको जानकारी पनि दिएको छ ।
विश्व बैंकले १७ लाखभन्दा बढी युक्रेनी शरणार्थीलाई आश्रय दिएर सहयोग पु¥याइरहेका अन्य छिमेकी मुलुकलाई पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । अधिकांश शरणार्थी बालबालिका महिला तथा वृद्धवृद्धा छन् ।
संयुक्त अधिराज्यले पनि युक्रेनलाई १० करोड डलरबराबरको उपलब्ध गराउने भएको छ । युक्रेन सरकारले बैंकले सहयोगस्वरूप दिएको रकम अस्पतालका कामदारलाई तलब र वृद्धवृद्धालाई निवृत्तिभरण तथा अन्य सामाजिक कार्यक्रममा खर्च गर्ने जनाएको छ ।
आर्थिक सहयोगमा नेडरल्यान्ड्स, स्वीडेन, ब्रिटेन, डेनमार्क, लात्भिया, लिथुआनिया, आइसल्यान्ड र जापानको पनि योगदान छ ।
प्रतिक्रिया दिनुहोस्