११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


१९४ जनामा कोरोना संक्रमण पुष्टि


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पिसिआर परीक्षण गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जना गरि १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ३४८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।