
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक युवकको मृत्यु भएको छ ।
डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आगलागीमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।
सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा जलेर बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्