
नवलपुर । केन्द्रका ३ गुट निकटका जिल्ला नेताहरुको गठबन्धनमा पूर्वी नवलपरासी कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ ।
अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले गठबन्धन बनाएका थिए । गठबन्धनका नाममा पुराना र निष्ठावान कार्यकर्तापछि पारेको भन्दै असन्तुष्टि जनाएर कार्यकर्ताले उमेदवारी दिएपछि चुनाव भएको हो ।
पूर्वी नवलपरासी पूर्वमहामन्त्री शशांक कोइरालाको चुनावी जिल्ला हो । सभापतिमा भने पौडेलनिकट महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी, सदस्य र महासमिति सदस्य सबैमा चुनाव भएको हो ।
उपसभापतिमा भने गठबन्धनमा नपरेका चन्द्रबहादुर रानाले बाजी मारेका छन् । राना मध्यविन्दु नगरपालिकाका मेयर हुन् । अधिवेशनमा पत्रकार होमराज रानाभाट सचिवमा विजयी भएका छन् । दशकदेखि पत्रकारिता गर्दै आएका रानाभाट पत्रकार महासंघका नवपरासीका पूर्वअध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्