२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बी डिभिजन लिग : सरस्वती-टुसाल र भगवती-नयाँबस्ती बराबरीमा


0
Shares

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् ।

मंगलबार भएको खेलमा यी दुई टीमले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो खेलमा झम्सीखेलले ब्वाईज युनियलाई ३–१ गोल अन्तरले हराउँदै जारी लिगमा पहिलो जित हासिल गरेका हो ।

प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । यस्तै मंगलबारनै भएको पहिलो खेलमा झम्सीखेलले ब्वाइज युनियनलाई ३–१ गोलले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए । खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता ३–० को बनाएपछि केही रक्षात्मक देखिएको झम्सीखेलविरुद्ध ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल गर्दै अन्तर घटाएका थिए । जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ भने ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।

यस्तै, लिग अन्तर्गत दिनको तेस्रो खेलमा आमने सामने भएका श्री भगवती क्लब र नयाँबस्ती युथ क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।