
बैतडी । नेकपा एमाले बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ ।
एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
मंगलबार जारी प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ ।
माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका पाँच जना प्रमुख/उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।
यस्तै पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएको, पार्टीको हित विपरीत काम गरेको र स्पष्टीकरण सोध्दा समेत नदिएकोले चन्दमाथि कारबाही गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्