१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही स्थानमा आंशिक बदली र सफा रहने


91
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (बुधबार) बिहान प्रदेश-१ र मधेश प्रदेशको भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशको पहाडी भू-भागमा भने आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। राती भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ ।

अन्य भू-भागमा भने मौसम सामान्यतया सफा भएकाे महाशाखाले जनाएको छ ।