१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुमा हात्तीपाइले निवारणका लागि महाअभियान सञ्चालन गरिँदै


78
Shares

कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ ।

यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो ।

हात्तीपाइले विरुद्धको औषधी अभियानले १३ औं चरण पार गर्दा पनि रोगको जीवाणु फेला परिरहेकाले अर्को अभियान चलाउनु परेको कपिलवस्तु स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जानकारी दिनभयो ।

दुई महिनाअघि कपिलवस्तुको महाराजगञ्ज र कृष्णनगर नगरपालिकामा ७ सय ५५ जनामा गरिएको परिक्षणमा साढे आठ प्रतिशतमा हात्तीपाइलेको जिवाणु फेला परेको थियो । पालिकाको ९६ वटा वडामा रहेका खोप केन्द्रमा फागुन २८ गतेदेखि आमरुपमा औषधी सेवनको अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताउनु भयो ।

२ बर्ष माथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताउनुभयो ।

बिगत बर्षहरुमा यो रोग बिरुद्ध आम औषधि सेवन (एमडिए) संचालन गरिएकोमा यस बर्षदेखि आईडिए अभियान चलाईने उहाँले जानकारी दिनुभयो । यस बर्ष देखि हात्तीपाईले बिरुद्ध एउटा औषधी थपिएको छ । थपिएको आईभरमेक्टीन सहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी अभियानमा खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।।

स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार फागुन २८ गतेदेखि संचालन हुने अभियानमा २ बर्ष माथिका ६ लाख २० हजार ४९१ जनालाई औषधि खुवाईने छ । अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५ सय ५ जना महिला स्वयमसेबिका परिचालन गरिनेछ ।