
काठमाडौं । भारतको राजस्थानको भिलवाडा जिल्लास्थित कालुखेडा गाउँका एक पाँच वर्षीय बालक कुकुरकाे आक्रमणमा परेका छन् ।
घरबाहिर खेल्दै गरेका बालकलाई कुकुरकाे आक्रमण गर्दा अनुहारमा गम्भीर चाेट लागेकाे छ । २० देखि २५ सेकेन्डमा कुकुरले बालकलाई गम्भीर घाइते बनाएकाे आजतकले लेखेकाे छ ।
उपचारका लागि अस्पताल पुगेका उनकाे अनुहारमा १ सयवटा टाँका लगाउनुपरेकाे समाचारमा उल्लेख छ । बालकाे आँखा, नाक र ओठ मिलाएर शल्यक्रिया गर्न चिकित्सकलाई डेढ घण्टा समय लागेकाे थियाे । बालककाे अवस्था देखेर चिकित्सकहरू अचम्ममा परेका थिए ।
अहिले भने बालक खतरामुक्त रहेकाे डाक्टरले बताएका छन् । बालकको नाक र टाउकोको छाला मर्मत गरिएकाे छ । डाक्टर राजेश जैनले बालकको अनुहारको छाला कुकुरले टाेकेकाे बताएका छन् ।
शल्यक्रिया गरेर टाउकोको छाला घुमाएर अगाडिको टाउकोमा लगाइ नाकको छाला पूरै मर्मत गरिएकाे डाक्टर जैनले बताए । नाकलाई मौलिक आकारमा ल्याउने प्रयास गरिएको र हाल बालकलाई आईसीयूमा राखिएकाे छ भने उनकाे अवस्था खतरामुक्त रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्