२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर


533
Shares

काठमाडौं । एनसेलले ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो ।

एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । फागुन २३ गतेदेखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।