
इलाम । पहाडकी रानी, झुल्केघाम र चियाको राजधानी आदि नामले चिनिने इलाम कोरोनाका कारण प्रभावित भएको छ ।
पर्यटकले भरिभराउ हुने कन्याम, अन्तु, सानो पाथीभरा, माई पोखरी, ढापपोखरी, सन्दकपुर, पानीटार, सिद्धिथुम्का, गजुरमुखी, माङमालुङ, माङसेबुङ लगायत क्षेत्र अझै सुनसान रहेका छन् । यतिसम्मकी ती क्षेत्रका पर्यटनसँग प्रत्यक्ष जोडिएका सयौं मानिसले रोजगारी समेत गुमाएका छन् ।
पहाडी भूगोल । माथि प्रकृतिले टप्पक्क टिपेर चुचुरोमा राखेकोे प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । इलामको पहिचान नेपालमै पहिलो चिया बगानसँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू र झुल्के घामको दृश्यावलोकन लगायतले पर्यटकलाई आनन्दित तुल्याउने गर्दछ ।
यहाँको प्रकृतिसँग लुटुपुटु गर्दै स्वर्गीय आनन्दलिन विभिन्न मुलुकबाट वर्षेनी जारौँको संख्यामा पर्यटकहरू इलाम भित्रिने गर्दछन् । इलामको प्राकृतिक सुन्दरताले, जो कोहीको मन लोभ्याउने गर्दछ । पछिल्लो समय इलाम पर्यटकीय क्षेत्रको विकासको पथमा लम्किएको छ ।
तर कोरोनाका कारण पछिल्लो समय इलामलका पर्यटकीय गन्तब्यहरु ओझेलमा पर्दे गएपछि पर्यटन व्यवसायीहरु चिन्तित हुन थालेका छन् ।
सधै पर्यटकले भरिभराउ हुने अन्तु, सानो पाथीभरा, माईपोखरी, सन्दकपुर, ढापपोखरी, गजुरमुखीधाम, माङमालुङ, लारुम्बा लगायतका स्थानमा विगतमा जस्तो पर्यटक देखिँदैनन् । इलाममा तराइको समथर भुभाग बाट हिमाली क्षेत्र ३ हजार ६ सय मिटरको उचाईमा रहेको स्थानहरुको समेत मज्जा लिनसकिन्छ ।
तराईको अचाक्ली गर्मी छल्न इलाम उक्लनेहरूका लागि चियाका हरिया घुम्टाहरूले छोप्न आतुर झै बनेर बसेको देखिन्छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङकोले कोरोना कालको वर्षहरुमा घुम्नका लागि इलाम भित्रिने पर्यटकहरुको संख्या ह्वात्तै घटेको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो।
विवाह पश्चात नयाँ जोडीहरुका लागि हनिमुन मनाउनका लागि इलाम पहिलो रोजाइमा पर्ने गरेको छ । घोडचढीको आनन्द लिँदै चियाबारीमा फन्को मार्ने, सेल्फी खिच्ने र टिकटक बनाउने अवसर इलामले जुटाएपछि तन्नेरी पुस्ताको घुइँचो लाग्ने गर्दथ्यो। तर, त्यो संख्या विगतमा जस्तो देखिँदैन। छिनछिनमा बदलीरहने मौसम र क्षणभरमै ढपक्क ढाक्ने भुइँकुहिरोकाबीच मुस्कुराउने इलामको विषेशताले जो कोहीलाई लोभ्याउने गरेकोछ ।
त्यसैले पनि यहाँको प्राकृतिक सौन्दर्यलाई थप सिंगार्नसके इलाम विश्वको पर्यटकीय क्षेत्रको रूपमा परिचिन हुनेमा दुईमत छैन ।
प्रतिक्रिया दिनुहोस्