२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


धनकुटामा एभोकाडो गणना


208
Shares

धनकुटा । तीन वर्षअघि एभोकाडोको राजधानी घोषणा भएको धनकुटामा धनकुटा नगरपालिकाले एभोकाडोको गणना थालेको छ ।

नगरपालिकाका १० वटै वडामा कर्मचारी खटिएर एभोकाडोको संख्या, जात, गुणस्तर, उत्पादन, बिक्रीबाट हुने आम्दानी, खेती हुनसक्ने क्षेत्र लगायत रोग तथा खेती प्रविधिको अवस्थाबारे विस्तृत विवरण संकलन गरिरहेको हो ।

गणनापछि एभोकाडो खेती हेर्ने छुुट्टै विशेषज्ञ र प्राविधिकको व्यवस्था, खेती बिस्तार र प्रवद्र्धन तथा प्रशोधन उद्योग स्थापनाका लागि योजना बनाइने धनकुुटा नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय धनकुटामा एभोकाडो खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।