
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ ।
राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुग्नुभएको थियो ।
उहाँहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
उहाँहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्