
web pic
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–११ पातलेखोलामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जाजरकोटबाट छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१–प ९६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका ६ का २७ वर्षीय कृष्ण बहादुर विश्वकर्माको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेहेलकुना अस्पतालमा मृत्यु भएको प्रहरी चौकी रामघाटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्