
फाइल तस्बिर
काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा भएको छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले नेपाल आयल निगमका जायज माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्