१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इथियोपियामा खडेरीका कारण ८ लाखभन्दा बढी नागरिक विस्थापित


117
Shares

एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् ।

खडेरीले लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार नागरिक विस्थपित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेको जनाइएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न तथा आश्रयका लागि अन्यत्रै जान लागेका बताउनुभएको छ ।

उहाँले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको बताएको छ ।