
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९३६ पीसीआर र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म कोरोनाबाट ११ हजार ९४९ जनाको मृत्यु भएको छ ।
बुधबार २५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्