
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ ।
मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो ।
उहाँले कांग्रेससँग देश बनाउने विचार नरहेको जिकिर गर्दै काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ भन्नुभयो । अध्यक्ष ओलीले दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको जिकिर गर्नुभयो ।
आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु आफुहरुको बाध्यता बनेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको भन्दै नेपाली जनताले न्याय दिनुपर्ने बताउनुभयो ।
उहाँले एमालेमा नवप्रवेशीहरुलाई कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्