२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ज्यापु कल्याण भवनको शिलान्यास


91
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ ।

बुधबार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ स्थित सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो ।

भवन १२ आना क्षेत्रफलमा बन्ने छ भने यसको प्रारम्भिक लागत ४ करोड रुपैयाँ अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको हुने यो भवन निर्माणका लागि ललितपुर महानगरपालिकाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

यो आधुनिक भवन दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न किसिमका तालिमहरु दिन, आर्थिक रुपमा सबल बनाउनको लागि सेमिनार गोष्ठीहरु गर्ने उद्देश्यले निर्माण गर्न लागिएको बताइएको छ ।