२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ गते हुने


247
Shares

सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले बुधबार सूचना जारी गर्दै फागुन २८ गते मतदान हुने जानकारी दिनुभएको हो ।

सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ ।

यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेकोमा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान नै स्थगित भएको थियो । इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा उम्मेदवारको नाम अगाडि राख्ने लगायतका विषयमा विवाद भएको थियो ।

अल्फाबेट अनुसार जसको नाम अगाडि आउँछ, मतपत्रमा उसैको नाम अगाडि राखेर फेरि मतपत्र छापिने निर्वाचन अधिकृत सिंहले बताउनुभयो । उहाँका अनुसार अब गुट अनुसार उम्मेदवारहरुको नाम सुरुदेखि अन्तिमसम्म लस्करै नहुने पनि भएको छ ।

विवादको अन्य इच्छ्याएको व्यक्तिले मत खसाल्ने लगायतका सम्बन्धमा पार्टीको विधान अनुसार हुने निर्वाचन अधिकृत सिंहले बताउनुभएको छ । उहाँले शनिबारसम्ममा नयाँ मतपत्र छाप्ने लगायतको तयारीको काम पूरा गरिने बताउनुभएको छ ।