२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आर्मी झापा गोल्डकपको सेमिफाइनमा


117
Shares

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक÷एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे ।

उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङले अर्को गोल थपेर जित सुनिश्चित गरे । खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो । ६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । आजको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए ।