१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बरामद बन्दुक प्रहरीलाई हस्तान्तरण


156
Shares

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट तथा अन्य गस्तीका समयमा बरामद गरेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ ।

सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान हस्तान्तरण गर्नु भएको हो ।

निकुञ्ज क्षेत्रमा विभिन्न स्थानमा फरक–फरक समयमा नेपाली सेना, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी तथा चोरीशिकारी नियन्त्रण समूहले गरेको संयुक्त गस्तीका क्रममा भरुवा बन्दुक फेला पारिएको निकुञ्जले जनाएको छ ।

टुर गस्ती लगायतको संरक्षण सम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा शिकारीले छोडेर गएको अवस्थामा फेला पारिएका यी हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको दाबी निकुञ्जले गरेको छ ।