१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपुरमा कृषि पेशामा लाग्नेको संख्या बढ्यो


169
Shares

नवलपुर । नवलपुरमा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको छ । विशेषगरि वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार नवलपुरमा एक महिनामा मात्र ४० वटा कृषि फर्म दर्ता भएको छ ।

फर्म दर्ता गराउन आउने सबैभन्दा बढी कृषि फर्म रहेको कार्यालयकी सुचना अधिकृत राधिका सापकोटाले बताउनु भयो ।

कृषि तथा वन पैदावारमा आधारित फर्मअन्तर्गत माघ महिनामा मात्र ४२ वटा कृषि फर्म दर्ता हुन आएको हो । यसबाहेक उत्पादन मुलक उद्योग ७, पर्यटन ७, सेवा मुलक १० गरि माघ मसान्तसम्म ६६ वटा उद्योग दर्ता भएको सुचना अधिकृत सापकोटाको भनाइ छ ।

सरकारले कृषिमा अनुदानको दायरा वृद्धि गरेको र कृषिमा सम्भावना भएका कारण यसमा लाग्नेको संख्या बढेको हो ।