३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने प्रधानमन्त्री देउवाको संकेत


312
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गर्नुभएको छ ।

आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गर्नुभएको हो ।

आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्‍याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आउँदो निर्वाचनका लागि कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी हुने बताउनुभयो ।

अघिल्लो निर्वाचनमा कांग्रेस नराम्ररी पराजित बनेको सुनाउँदै देउवाले अब पहिलो पार्टी बनाउन नेताहरु लाग्नुपर्ने निर्देशनसमेत दिनुभयो ।