२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संखुवासभा दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो


637
Shares

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल रहेका छन् ।

यस्तै मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ की ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दीक्षा कटुवाल, ३० वर्षीया सीता विककाे पनि दुर्घटनामा मृत्यु भएकाे हाे ।

त्यसैगरी, मादी-४ का ६० वर्षीय बलबहादुर कार्की, ताप्लेजुङका ३१ वर्षीया समिक्षा योन्जन, ८ वर्षीय सुदीप घिसिङकाे मृत्यु पनि दुर्घटनामै भएकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।