२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संखुवासभा दुर्घटना : मृतकको संख्या १५ पुग्यो


169
Shares

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १० जना पुरुष र ६ जना महिला रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिनुभयो ।

जसमध्ये २ जना बालबालिका छन् । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मृतक १४ जनालाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट इटहरी जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो ।