
चितवन । आर्थिक अपराध रोक्न राजश्व अनुसन्धान विभागको आयोजनामा चितवनमा सचेतना कार्यक्रम गरिएको छ ।
राजश्व चुहावट नियन्त्रण मुख्य उद्देश्य राखेर राजश्वसँग सम्बन्धित ऐन, कानून र पछिल्लो अवस्थाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै विभागका निर्देशक मुक्तिराम अर्यालले राजश्व अनुसन्धान विभागको उद्देश्य मुद्दा चलाउने र अदालती प्रकृयाबाट रकम असुलउपर गर्नुभन्दा प्रचलित कानूनको कार्यान्वयन र यसको ज्ञान दिएर आर्थिक अपराध, राजश्व छली रोक्ने बताउनुभएको छ ।
चितवन, मकवानपुर र नवलपुरका उद्योगी, व्यवसायीको साथै जिल्ला स्तरीय राजश्व चुहावट अनुगमत समितिका पदाधिकारी लगायतको सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्