
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेको छ ।
आज (शुक्रबार) बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यता सफा हुनेछ । देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ को उच्च हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । राती भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्