१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आफ्नो देशबाट पश्चिमा देशमा हुने २ सय वस्तुको निर्यात रोक्ने रुसी राष्ट्रपतिको घोषणा


8.528k
Shares

काठमाडौं । पश्चिमा देशहरुमा आफ्नो देशबाट हुने २ सय वस्तुको निर्यातमा रोक लगाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गर्नुभएकाे छ ।

पश्चिमा देशहरूले रुसको तेल र ग्यासमा लगाएको प्रतिवन्धकाे सामना रुसले गरिरहेको उहाँले बताउनुभयाे। तर उहाँले पश्चिमा देशहरुको प्रतिवन्धले रुसलाई फरक नपर्ने बरु रुस झन बलियो भएर निस्कने प्रतिक्रिया दिनुभएको छ ।

सरकारका मन्त्री तथा सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै पुटिनले रुसमाथिको प्रतिवन्धले पश्चिमा देशहरुमा उर्जा संकट सुरु भईसकेको र उनीहरुले छिट्टै खाद्यान्न लगायतको संकट पनि ब्यहोर्नुपर्ने बताउनुभयो । “हामीले सीमित आर्थिक लाभका लागि आफ्नो सार्वभौमिकतमाथि सम्झौता गर्न सक्दैन थियौं र अन्ततः रुस अझै आत्मनिर्भर बन्नेछ ।

”रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिवन्धको जवाफमा रुसले निर्यात बन्द गर्ने घोषणा गरेको हो । सन् २०२२ को अन्त्यसम्म निर्यातमा रोक लगाइएको हो । रुसी प्रतिवन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै वनजन्य उत्पादनहरूको निर्यात ठप्प हुनेछ ।

त्यस्तै रुसी बन्दरगाहहरुमा विदेशी पानी जहाजहरूलाई प्रतिवन्ध लगाउने घोषणा पनि रुसले गरेको छ । रुसको निर्यात प्रतिवन्धले अमेरिका र युरोपेली ४ दर्जन बढी देशहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।