२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बागलुङको बलेवा विमानस्थलको कालोपत्रेको काम सम्पन्न


26
Shares

बागलुङ । लामो समयदेखि संचालन हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्गलाई स्तरोउन्नती गरी पुनः संचालनमा ल्याउन बागलुङ नगरपालिकाले योजना बनाएर काम अघि बढाएको हो ।

पटक–पटक प्रभावित हुँदै आएको याे विमानस्थलको धावनमार्ग कालोपत्रेको काम बल्ल सकिएको छ ।

२६ वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएपनि केही महिनामै बन्द भएकोथियो । धावनमार्गलाई स्तरोउन्नती गरी पुनः संचालनमा ल्याउन बागलुङ नगरपालिकाले कालोपत्रे गर्न योजना बनाएर बल्ल काम अगाडी बढाएकाेथियो ।

पटक–पटक प्रभावित हुँदै आएको धावनमार्ग कालोपत्रेको काम सकिएको छ । २०७७ फागुनभित्र विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग ७ करोडमा ठेक्का सम्झौता गरेकोथियो ।

कोरोना महामारी र वर्षाका कारण धावनमार्ग प्रभावित बनेपनि अहिले बल्ल काम सकिएको छ । अब नियमित विमान संचालनमा आए यस क्षेत्रका जनताले रोजगारी पाउने र जीवनस्तर उकासिने बागलुङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केहीमहिना उडान समेत भरिसकेका थिए । कालोपत्रे धावनमार्ग परीक्षण गर्ने र नियमित उडान भर्नका लागि प्रक्रिया अगाडी बढाइने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलको भनाइ छ ।

बलेवामा रहेको विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका बासिन्दालाई समेत सुविधा पुग्नेछ । कालीगण्डकी काेरिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि १२ किलोमिटर सडक कच्ची छ ।