
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान भएको आगलागीमा परी एक जनाको निधन भएको छ भने एक किशोरी घाइते भएकी छन् ।
रविन लिम्बुको घरबाट सुरु भएको आगोमा परी सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी १६ वर्षीया नातिनी रेविना लिम्बु घाइते भएकी छन् । रेविनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
आगलागीपछि ग्यास सिलिण्डर पड्किएर घाइते भएकी चुलिमायाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
आगालागीबाट जस्ताले छाएको रविन लिम्वुको घर क्षतिग्रस्त भएको छ भने शिव मादेको घर जलेर नष्ट भएको छ । फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका छन् ।
वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसंगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्