
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्