
धनकुटा । धनकुटा जिल्लामा कृषि अनुसन्धान केन्द्र पाख्रीबासले लोपोन्मुख स्थानीय जातका सेखिमे, प्वाँखउल्टे, घाँटीखुईले र अफिल जातका कुखुरा संरक्षण र सम्बर्द्धनकाे काम थालेको छ ।
पछिल्लो समय गाउँगाउँमा समेत स्थानीय जातका कुखुरा पालन हराउँदै गएपछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रले जनाएको छ । हाल बजारमा माग भएपनि व्यवसायीक रुपमा स्थानीय कुखुरा पालन हुन सकेको छैन । सेखिमे, प्वाँखउल्टे र घाँटी खुईले नेपालका रैथाने प्रजातीका कुखुरा हुन् ।
यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको कृषि अनुसन्धान केन्दले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्