
एजेन्सी । रुसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । तर पनि रुसले आक्रमण सोकेको छैन ।युक्रेनले गत बुधबार रुसले युक्रेनको माउरीपोल शहरमा रहेको एक अस्पतालमा आक्रमण गरेको बताएको थियो ।
तर रुसले भने युक्रेनको भनाईको खण्डन गर्दै अस्पतालमा आक्रमण नगरेको दाबी गरेको हो । उता अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनका सबै सरकारी भवन, विद्यालय, अस्पताल र शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको छ । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए ।

तर त्यसलाई रुसले भने अस्वीकार गरेको हो । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रुसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी युक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्