१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणामाथिको महाअभियोग प्रस्तावमा आइतबारदेखि संसदमा छलफल हुने


143
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग प्रस्ताव संसदमा अघि बढ्ने भएको छ ।

महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसदमा छलफल प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।

फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नु हुने छ ।

संसदको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

फागुन १ गते राणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सो प्रस्तावमा सत्तारुढ दलका ९८ सांसदले हस्ताक्षर गरेका छन् ।