१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीको मेयर कप टी–ट्वान्टी क्रिकेटमा देहामाडौंको पहिलो जित


104
Shares

बैतडी । दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहीमाडौंले गुरु खोलालाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

निग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको १ सय १२ रनको लक्ष्य देहीमाडौंले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

जसमा भुपेन्द्र रावतले नटआउट ४४, दीपक बोहरा ३२ र सन्तोस बिजलेले ३० रन जोडे । गुरुखोलाका हरिश भाटले २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको गुरुखोलाको १७ दशमलब ४ ओभरमा १ सय ११ रनमा समेटियो ।

जसमा सुरेश भाटले ३३, दीपक भट्टले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देहीमाडौंका दीपक बोहराले ४, सन्तोस बिजलेले २ विकेट लिए ।

खेलका प्लेयर अफ द म्याच देहीमाडौंका दीपक बोहरा भए ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।