१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताभन्दा पारदर्शी र खुकुलो : मन्त्री कार्की


65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताका शर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गर्नुभएको छ ।

काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा कार्कीले एमसीसीका शर्तहरू यसअघिका अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गर्नुभयो ।

‘एमसीसी राष्ट्रिय हितमा छ, एमसीसी यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास यसको लक्ष्य छ,’ उहाँले भन्नुभयो, ‘यसका सबै शर्तहरू अरु वैदेशिक सहायताका भन्दा पारदर्शी र खुकुला छन् ।’

मन्त्री कार्कीले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताउनुभयो । एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री कार्कीले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बेला आएको बताउनुभयो । दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रूपमा संसारमा चिनाउनुपर्ने उहाँको भनाइ छ ।