
काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित बनेका छन् ।
शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन ।
विरोध प्रदर्शनमा अखिल नेपाल किसान महासंघ पनि सहभागी भएको छ । कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताउनुभयो ।
महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन् ।
तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्