१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिन थालियो


0
Shares

काठमाडौं, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौं दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ ।

उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । रासस