
काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो ।
सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याउनुभयो ।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो ।
पहिलो चरणमा तेस्रो हुनुभएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गर्नुभएको थियो ।
सभापतिमा निर्वाचित पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरसमेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्