२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतको गोकलपुरीमा आगलागी : सातको मृत्यु, ३० घर जलेर नष्ट


91
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको गोकलपुरी थाना क्षेत्रको गोकलपुर गाउँमा शुक्रबार राति आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने आगलागीबाट ३० वटा घर जलेर नष्ट भएका छन् ।

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पुलिस स्टेशन क्षेत्रमा दिउँसो १ बजे आगो लागेको थियो । आगो लागेको खबर आउनासाथ उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । बिहान ४ बजेसम्म आगो नियन्त्रणमा आएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।