१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय राजनीति दुई ध्रुवमा छ : ईश्वर पोखरेल


169
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय राजनीति दुई दिशामा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताउनुभयो ।

‘राष्ट्रिय राजनीति दुई वटा पोलमा परिणत हुनु दुर्भाग्य र बिडम्बना हो,’ उहाँले भन्नुभयो, ‘एउटा पोलको नेतृत्व एमालेले राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सामाजिक सद्भावको पक्षमा गरिरहेको छ भने अर्को पोलमा गठबन्धन छ, जसले राजनीतिलाई विकृत बनाइरहेका छन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको तर्क गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।