१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोषारोपणले अर्थतन्त्र सुधारिन्न : उपाध्यक्ष ढकाल


78
Shares

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले दोषारोपण गरेर देशको अर्थतन्त्र नसुधारिने बताउनुभएको छ ।

निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई दोष लगाउँदैमा अहिलेको समस्या समाधान नहुने ढकालले बताउनुभयो । आफ्नो जिम्मेवारी निभाएमात्रै अहिलेको संकट पार लाग्ने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य संघ चितवनको ५५औं साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै उहाँले कोभिडका कारण शिथिल भएको अर्थतन्त्र केही चलायमान हुन खोजे पनि विश्वमा भइरहेको युद्ध र द्वन्द्वले समस्या थपेको बताउनुभयो ।

रुस र युक्रेनको युद्ध चलिरहे नेपालमा समेत आर्थिक क्षेत्र र खाद्यन्नमा थप समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । ढकालले चितवनलाई कृषि र पर्यटनको हब बनाउन महासंघको तर्फबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।

यसैबीच उद्योग वाणिज्य संघ चितवनले यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार विप्लव काफ्लेलाई प्रदान गरेको छ । ५१ हजार राशीको पुरस्कार काफ्लेलाई हस्तान्तरण गरिएको हो । त्यस्तै १ लाख रुपैयााकै उत्कृष्ट युवा उद्यमी पुरस्कार कृष्ण सापकोटालाई प्रदान गरिएको छ ।

अधिवेशनमार्फत उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ चिरञ्जीवी सुवेदी सहित अन्य केही पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

सहमति हुन नसकेका पदमा फागुन ३० गते निर्वाचन हुने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।