१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा १२औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि अभियान सुरु


130
Shares

दाङ । जिल्लामा १२औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि अभियान सुरु भएको छ ।

लगातार ६ पटक औषधि खाएमा रोग न्यूनिकरण भएर औषधि खानु नपर्ने भए पनि सबै नागरिकले नियमित औषधि नखाँदा १२औं पटक अभियान सुरु गर्नुपरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्द्र बताउनुहुन्छ ।

सन् २०१८ को सर्वेपछि जिल्लामा २ हजारबढी हात्तीपाइले रोगका बिरामीहरू थिए । अहिले पनि जिल्लाको विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा हात्तीपाइले रोगका बिरामीहरू भेटिएको चद्रले बताउनुभयो ।

नागरिकलाइै औषधिको बारेमा भ्रम फैलाउँदा उनीहरूले नियमित प्रयोग नगरेको स्थानीयको भनाइ छ । औषधि सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको भनेर नागरिकमा भ्रम फैलाइएको नियमित औषधि सेवन गरिरहेका स्थानीय झग्गु भण्डारी बताउँछन् ।

दाङमा केही वर्ष ३० प्रतिशत रहेको हात्तीपाइलेको संक्रमणदर अहिले भने ४ प्रतिशतमा झरेको छ । यद्यपि संक्रमणदर २ प्रतिशतमा नझरेसम्म औषधि खानुपर्ने स्वास्थ्य कार्यालयका फोकल पसर्न चन्द्र बताउनुहुन्छ ।

जिल्लामा सर्वसाधारण नागरिक मात्र नभएर स्थानीय जनप्रतिनिधिले समेत औषधि प्रयोग नगरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।