१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घरेलु टोली झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने


312
Shares

झापा । पाँचौं झापा गोल्डकपको उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने भएका छन् ।

डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा संकटा क्लबमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौं पटक फाइनल प्रवेश गरेको हो ।

झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ । यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।

झापालाई फाइलन प्रवेश गराउन विमल घर्ती मगरले दुवै गोल गरे । खेलको प्लेयर अफ द म्याच पनि उनै भए । उनले नगद ९ हजार ९ सय ९९ सय रुपैयाँ प्राप्त गरे ।

गत फागुन २१ गतेबाट जारी प्रतियोगिताको विजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।