
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ ।
यस्तै नेपालले टियु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।
टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग खेल्नेछ । नेपालले मार्च ३० मा मलेसियासँग खेल्दा मार्च ३१ मा पीएनजीसँग खेल्नेछ ।
नेपालले मलेसियासँग अप्रिल २ मा पुन खेल्नेछ । फाइनल खेल अप्रिल ४ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्