२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


एमालेले संसद अवरुद्ध गर्नु गलत हो : प्रदेश मन्त्री शर्मा


143
Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ ।

अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मीबीच शनिबार भएको छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

प्रदेशका दुई जना सांसद मध्ये एक जना सांसद स्वतन्त्र भएको तथा अर्का सांसदले पार्टी रोजिसकेकाले सभामुखलाई गाली गरि संसद अवरुद्ध गर्नु गलत भएको उहाँकाे तर्क छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा ९ सय २५ जना पत्रकारहरुको नि:शुल्क दुर्घटना विमा गरेको मन्त्री शर्माले बताउनुभयो ।

लुम्बिनी प्रदेशका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा पत्रकारले आफ्ना समस्याहरुमा प्रदेश सरकार थप जिम्मेवारी हुनुपर्नेमा जोड दिएका थिए ।