१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


अनौठो कार,जसको छतमा हेलीप्याड र स्विमिङ पुल


390
Shares


एजेन्सी । अमेरिकाले विश्वको सबैभन्दा लामो र अनौठो कार निर्माण गरेको छ ।

सुन्दै अचम्म लाग्ने यो कारको छतमा हेलिकोप्टर अवतरण गर्न सकिनेछ भने कारभित्र स्वीमिङ पुल पनि रहेको छ । अमेरिकाले यो कारको नाम ड्रिम कार राखेको छ ।

सामान्यतया साधारण कारहरुमा ४ देखि ५ जना मान्छे अट्छन्,तर अमेरिकन ड्रिम कारमा भने ७५ जना अट्छन् ।
यो कार संसारको सबैभन्दा लामो कारहरूको सूचिमा समाबेश भएको छ । यो कारको लम्बाइ १ सय फीट रहेको छ भने कारमा २६ वटा पाङ्ग्रा छन् । यस अघि पनि अमेरिकन ड्रिम नामक कार गिनिज वल्र्ड रेकर्डमा दर्ता भइसकेको छ । तर, यसले आफ्नो पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड दर्ता गरेको हो । यसअघिको कारको लम्बाई ६० फीट मात्रै थियो ।

बेलायती पत्रिका ‘डेली स्टारका’ अनुसार अमेरिकन ड्रिम कार सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा बस्ने कार कस्टमाइजर जे ओहरबर्गले बनाएका थिए । त्यो समय यो कार ६० फीटको थियो । पछि उनले वल्र्ड रेकर्ड बनाउनको लागि बढाएर १ सय फीटसम्म पु¥याए । हलिउडका थुप्रै फिल्महरूमा यो कारलाई देखाइएको छ ।

एक समय यो कार प्रयोबिहीन भएको थियो । तर, पछि एक म्युजियमका मालिक माइकल म्यानिङ नामका व्यक्तिले यसलाई पुनर्विकास गरे । यो कारलाई पुनस्थापित गर्न उनले धेरै पैसा खर्च गरेका थिए ।

त्यपछि यो कारलाई फ्लोरिडाको डेजरल्याण्ड पार्क कार म्युजियमका मालिक माइकल डेजरले किनेका थिए र हेर्न लायक बनाएका थिए ।