२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फिलर हटाएर ओठलाई फेरि प्राकृतिक बनाएपछि टेलिभिजनकी प्रस्तोता चर्चामा


208
Shares

एजेन्सी । हलिउड रियालिटी टिभी शो की स्टार क्लो फेरी सात वर्षपछि आफ्नो नयाँ तस्वीरका कारण चर्चामा आएकी छिन्

पटक –पटक इनजेक्सन मार्फत ओठ ठूलो गराएर (फिलर) अनुहार कुरुप पारेकी उनले फेरि फिलर हटाएर ओठलाई पुरानै अवस्थामा ल्याएपछि उनको चर्चा चुलिएको हो । उनले १९ वर्षको उमेरदेखि ओठ ठूलो बनाउन शुरु गरेकी थिइन् । तर ७ वर्षपछि उनले अहिले आफ्नो वास्तविक प्राकृतिक ओठ (पुरानै अवस्थामा) देखिने तस्वीर सार्वजनिक गरेकी छिन् । अहिले २६ वर्ष पुगेकी क्लोले आफ्नो नयाँ तस्बीरलाई इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो ओठलाई इन्जेक्सनको सहायताले ठूलो बनाएकी थिइन् जसले गर्दा उनकोे अनुहार नराम्रो देखिएको थियो । रियालिटी शो ‘ज्योर्डी शोर’ (एक बेलायती रियालिटी टेलिभिजन श्रृंखला) बाट उनी चर्चामा आएकी हुन् । उनले एउटा भिडीयो पनि आफ्ना प्श.शकहरुलाई शेयर गरेकी छिन् ।जसमा उनले ओठको फिलर हटाएको र आफू पहिलाको जस्तै रूपमा आएको देखाएकी छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनले एक अन्र्तवार्तामा आफ्नो अनुहार बिना फिलर कस्तो देखिन्छ भनि हेर्न चाहेको बताएकी थिइन् । उनले भनेकी छिन ‘म अहिले वयस्क हुदैँ गएको महसुस गर्दैछु र मैले मेरो वास्तविक ओठ लामो समयदेखि देखेको छैन्, अब भने ओठ प्राकृतिक र राम्रो देखिनेछ’ ।

क्लो मात्रै आफ्नो ओठको फिलर हटाउने पहिलो कलाकार होइनन् । उनीभन्दा अगाडी मोली मे हेग, फाय विन्टर्स, शौना फिलिप्स जस्ता स्टारहरुले पनि ओठ फिलर गराएर हटाइसकेका छन् ।

क्लोको इन्स्टाग्रामको पोस्टमा फ्यानहरुले उनको नयाँ तस्बीर देखेर तारिफ गरेका छन् । उनी अहिलेसम्मकै तस्वीरहरूमा राम्री देखिएकी छिन् ।