
काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवाश नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने र एमालेले समितिमा छलफलमा भाग लिने बताउनुभयो ।
आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेम्वाङले संसद अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हामीले समितिमा हाम्रा साथीहरुको नाम पनि दिएका छौँ । समितिले पूर्णता पाएको छ । अब महाअभियोग सम्बन्धी विषय संसदबाट निर्णय भएर सायद चैत्र २ गते समितिमा पुग्ला र समितिले काम सुरु गर्ला । समितिमा नाम दिएपछि समितिको काममा त भाग लिने कुरामा त विवाद भएन नि । समितिको काम गर्नका लागि अवरोध खुलाउनु पर्दैन । जहाँसम्म हाम्रो अवरोधको कुरा हो अवरोधको सन्दर्भमा पनि हामी निरन्तर छलफल गरिरहेका छौँ । र यस बारेमा पनि हामी टुंगोमा पुग्छौँ ।’
प्रतिक्रिया दिनुहोस्